जिल्ला प्रहरी कार्यालय कास्की ले नक्कली पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नं। ८ सिमलचौर क्षेत्रमा हतियार देखाएर सर्वसाधारणलाई त्रसित पारिएको सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको हो । मा मंगलबार साँझ करिब ७ः३० बजे प्रहरी टोली खटिएको थियो।खोजतलासका क्रममा तनहुँ जिल्ला व्यास नगरपालिका–२ स्थायी घर भएका र हाल पोखरामा बस्दै आएका ३२ वर्षीय सुवास कायस्थ र ३१ वर्षीय सुरज कायस्थ लाई पक्राउ गरिएको हो। उनीहरूको कोठाबाट प्रहरीले रडको स्लाइड स्टिक १ थान, नक्कली पेस्तोल १ थान, पेस्तोल कभर १ थान र नोक २ थान बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनिहरु माथि हातहतियार तथा खरखजना संबन्धी मुद्धा दायर हुनेछ ।
















