२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

पोखरा महानगरपालिकाले बजार क्षेत्रबाट बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका सबै प्रकारका संरचना हटाउने पोखरा महानगरको र्निणय र तयारी हाल स्थगित छ । अदालतको आदेश पछि स्थगित भएको फिर्के मापदण्ड कार्यान्वयनका बारे बर्तमान सरकारले चासो देखाएपछि पोखरा महानगरले पनि एक ३५ दिने सुचना जारी गरेको छ । यस अघि पनि पोखरा–१८ को अधेरीकुनादेखि सुरु भएर फेवातालमा मिसिने फिर्केखोलामा मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन महानगरले ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । यसअघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दाभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाइने महानगरले जनाएको थियो । प्राविधिक समितिको प्रतिवेदनअनुसार फिर्केखोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका एक सय ६० संरचना निर्माण गरेको पाइएको छ । फिर्केखोला अतिक्रमण गरी खोलामाथि सामाजिक संघसंस्था, विद्यालय तथा व्यक्तिगत घर तथा संरचना बनाएको पाइएको सो प्रतिवेदनमा उल्लेख छ । फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ स्थायी संरचना निर्माण गरेको पाइएको छ ।

खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ । महानगरले अतिक्रमित संरचना नहटाएमा महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकीसरह भुक्तानी गर्नुपर्ने जनाएको थियो । साविक ग्यार जाति पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, ८, १७ र १८ भएर फेवातालमा मिसिने फिर्केखोलाको लम्बाइ आठ किलोमिटर छ । यो खोला कम्तीमा ३।३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ । खोलाको उचाइ चारदेखि नौ मिटरसम्म गहिरो रहेको पाइएको हो । फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोलाघरको पश्चिमतर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ गरी पाँच सय ८८ सीमास्तम्भ गाडिएका छन् । प्रतिवेदनअनुसार फिर्केखोलामाथि २५ वटा पुल तथा कल्भर्ट रहेका छन् ।यसैगरि पोखराको पृथ्वीचोकमा समेत अबैध रुपमा सहारा क्लवको भवन बनेको छ । यो भवनमा बिभिन्न राजनितिक दलका मजदुर कार्यालयहरु समेत रहेको छन । यसको भाडा उठाएर खाने गरिएको छ । त्यसैगरि पोखरा उपत्यका नगरबिकास समितिले कनिका बाडेजस्तो बिभिन्न संघ,सस्थाहरुलाई जग्गा बाढेको छ । पोखरामा केही समय अगाडी सम्म नगरबिकास समितिले आफु अनुकुल जग्गा बाड्ने प्रचलन थियो । अबको सरकारले यो अबस्थालाई कसरी व्यबस्थापन गर्छ , त्यो हेर्न बााकी छ ।

जिल्ला प्रहरी कार्यालय कास्की ले नक्कली पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।  प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नं। ८ सिमलचौर क्षेत्रमा हतियार देखाएर सर्वसाधारणलाई त्रसित पारिएको सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको हो । मा मंगलबार साँझ करिब ७ः३० बजे प्रहरी टोली खटिएको थियो।खोजतलासका क्रममा तनहुँ जिल्ला व्यास नगरपालिका–२ स्थायी घर भएका र हाल पोखरामा बस्दै आएका ३२ वर्षीय सुवास कायस्थ र ३१ वर्षीय सुरज कायस्थ लाई पक्राउ गरिएको हो। उनीहरूको कोठाबाट प्रहरीले रडको स्लाइड स्टिक १ थान, नक्कली पेस्तोल १ थान, पेस्तोल कभर १ थान र नोक २ थान बरामद गरेको जनाएको छ।  पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनिहरु माथि हातहतियार तथा खरखजना संबन्धी मुद्धा दायर हुनेछ । 

श्रम संस्कृति पार्टीले सुकुमवासी बस्तीहरु भत्काउने सरकारको कदमप्रति खेद प्रकट गरेको छ । यस्ता कदम संविधानको बर्खिलाप भएको भन्दै सो पार्टीले यस्ता गतिविधि रोक्न माग गरेको छ । अध्यक्ष हर्क साम्पाङले विज्ञप्ति जारी गर्दै उचित क्षतिपूर्तिसहित पुनर्बास र व्यवस्थापन गरेर मात्र अघि बढ्न सरकारलाई सुझाएका छन् । उनले भनेका छन्, ‘हाल सरकारले देशका विभिन्न स्थानहरुमा रहेका सुकुमवासी बस्तीहरुमा गरीब जनताका बासस्थान भत्काइरहेको घटना संविधानको धारा ३७ को उपधारा १ को बर्खिलाप हुने गरीको घटना प्रति खेद प्रकट गर्दै त्यस्ता गतिविधि अविलम्ब रोकी उचित क्षतिपूर्तिसहित उचित पुनर्बास र व्यवस्थापन गरेर मात्रै सरकार अघि बढोस् भन्ने सुझाव दिन्छौं ।’ सरकारले निरंकुश चरित्र देखाएको आरोप उनले लगाएका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘जनताको घर भत्काउनु, जनतालाई बेघर बनाउनु, लछारपछार गर्नु, गालीगलौज गर्नु, लाठी बुट, बन्दुक देखाएर तर्साउनु र राज्य आतंक मच्चाउनुले ९संविधानको धारा १६ को उपधारा १ को बर्खिलाप हुने गतिविधिले सरकारको निरंकुश चरित्र देखाएको छ ।’ यस्ता घटनाले लोकतन्त्रको मूल्य मान्यतालाई पनि लत्याएको अध्यक्ष साम्पाङको टिप्पणी छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।