
पोखरा महानगरपालिकाको मितेरी सहर चीनको जिजाङ ९तिब्बत० स्वायत्त क्षेत्रस्थित लिञ्जी सहरले उपहारस्वरूप प्रदान गरेका करिब ३ करोड ५० लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री ३ वर्षभन्दा बढी समयपछि अन्ततः पोखरा आइपुगेका छन्।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै २०७९ सालमा निर्वाचित भएपछि लिञ्जी सहर भ्रमणका क्रममा त्यहाँको नगर सरकारले अत्याधुनिक उपकरण जडित एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री उपहार दिएको बताएका छन्।
उक्त सामग्री नेपाल ल्याएलगत्तै रसुवाको केरुङ नाकामा आइपुगे पनि भन्सार छुटको कानुनी सीमा १६ लाख रुपैयाँ मात्र भएकाले प्रक्रिया रोकिएको थियो। लामो पहल र समन्वयपछि तत्कालीन अर्थमन्त्री द्यष्कजलग एचबकबम एबगमभसिँग छलफल गरी बजेटमार्फत भन्सार छुटको सीमा हटाइएपछि सामग्री ल्याउने बाटो खुलेको थियो।
यसबीच पोखरा महानगरपालिकाको कार्यालयमा भएको आगलागीमा सम्बन्धित कागजात नष्ट भएपछि प्रक्रिया पुनः सुरु गर्नुपरेको थियो। अन्ततः ३।५ वर्षपछि सामग्री पुनः मगाइएर आज पोखरा महानगरपालिकाको परिसरमा आइपुगेको मेयर आचार्यले बताएका छन्।
उनका अनुसार यो स्वास्थ्य सामग्रीको आगमन केवल उपकरण प्राप्ति मात्र नभई पोखरा र लिञ्जीबीचको मित्रता, निरन्तर प्रयास र नागरिकप्रतिको दायित्व पूरा भएको प्रतीकसमेत हो।
स्वास्थ्य सामग्री भन्सार छुटाएर पोखरा ल्याउन सहयोग पुर्याउने नेपाल–चीन मैत्री संघका अध्यक्ष विश्वशंकर पालिखे, भन्सार कार्यालय तथा नेपाल सरकारका उच्च अधिकारीहरूलाई मेयर आचार्यले धन्यवाद व्यक्त गरेका छन्। 





