२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

प्रहरीले नियन्त्रणमा लिएका एक युवकको प्रहरी हिरासतमै मृत्यु भएको छ । यो घटनाले गभ्भीर प्रश्न उठाएको छ । नियन्त्रणमा लिएको मानिसको सुरक्षा राज्यको दायित्व भित्र पर्दछ । तर सिन्धुलीको सुनकोशी गाउँपालिका ३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीले  श्रीकृष्ण हिरासतमै सर्टको पासो लगाएको अवस्थामा अचेत फेला परेको दावि गरेका छन ।  उनलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरिदिएको डिएसपी सुवेदीले बताए।  आफन्तहरूले भने हिरासतमा प्रहरीको कुटपिटबाट श्रीकृष्णको मृत्यु भएको आरोप लगाएका छन्। उनीहरू चार दिनदेखि जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत अगाडि प्रदर्शन गर्दै आएका छन्। छानबिनको माग गर्दै शव बुझ्न नमानेपछि वैशाख ८ गते नै छानबिन समिति गठन भइसकेको छ। आफूहरू घटनाबारे छानबिन गरिरहेको र प्रक्रियामा रहेको सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले जानकारी दिए।  श्रीकृष्ण वैशाख ३ गते ललितपुरमा पक्राउ परेका थिए। उनीमाथि १७ वर्षीया बालिका बलात्कारको आरोप थियो। ती बालिका र श्रीकृष्णले भने प्रेम विवाह गरेको परिवारको भनाइ छ।   जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार जाहेरीअनुसार घटनास्थल खुर्कोट भएकाले थप अनुसन्धान प्रक्रियाका लागि  सिन्धुली प्रहरीसँग समन्वय गरेर श्रीकृष्णलाई त्यता पठाइएको थियो। हामीले जाहेरी दर्ता भएपछि पक्राउ गरेर सक्कली जाहेरीसहित आरोपितलाई ४ गते नै खुर्कोट पठाएका हौं उनले भने, ुत्यसपछि के भयो हामीलाई थाहा छैन। उनीहरूले अन्तरजातीय विवाह गरेकै कारण श्रीकृष्णमाथि बलात्कार आरोप लगाइएको बताएको दाबी गरेका छन्। र नियोजित रूपमा कुटपिट गरेर मारेको आरोप लगाएका छन्। 

उमेशका अनुसार श्रीकृष्ण ड्राइभर पेसा गर्दै आएका थिए। खोटाङकी किशोरी पनि उनीहरूको डेरा नजिकै बस्थिन्। सोही क्रममा श्रीकृष्ण र किशोरीबीच प्रेम बसेको थियो। दुई वर्षदेखिको प्रेम सम्बन्धपछि उनीहरूले चैत २८ गते विवाह गरेका थिए। ुविवाह गरेँ भनेर उहाँले २८ गते डेरामा ल्याउनुभएको थियो,ु उमेशले भने।  त्यसको २ दिनमै उनीहरू सिन्धुलीस्थित घर गएका थिए। परिवारसँग पनि उहाँ ९किशोरी०ले राजीखुशीले आएको बताउनुभएको थियो,ु उमेशले भने।   उमेशकै अनुसार ललितपुरको सातदोबाटो प्रहरी वृत्तबाट केटीपक्षले कुरा गर्न खोजेको छ भनेर पटकपटक फोन आएपछि उनीहरू ३ गते फर्किएका थिए।  उनीहरू दिउँसै काठमाडौं आइपुगेका थिए। प्रहरीले ५ बजेतिर आउनू भनेको उमेश बताउँछन्।  ुहामी कार्यालय पुग्दा किशोरीको परिवार पनि त्यहाँ आउनु भएको थियो,ु उनले भने,ुप्रहरीले सोधपुछ गर्‍यो। किशोरीले आफ्नो खुशीले गएको भन्नुभयो। उनका अनुसार सुरूवातमा प्रहरीले बालबिवाह कसुरमा श्रीकृष्णमाथि कारबाही प्रक्रिया अघि बढाउने भनेपछि त्यसो नगर्न किशोरीले आग्रह गरेकी थिइन्। पछि प्रहरीले नै  कानुनले तोकेको उमेर पूरा नभएकाले तत्कालका लागि छुट्टै बस्ने र २ वर्षपछि विवाह गर्न भनेको उमेश बताउँछन्। झन्डै २ घन्टा छलफल भएको थियो। २ वर्षका लागि अलग हुँदा दाइलाई मुद्दा नचल्ने भएपछि किशोरी पनि राजी हुनुभयो,ु उनले भने।  तर किशोरीको काका आइपुगेपछि घटनाले अर्कै मोड लिएको उमेशको भनाइ छ। उनी त्यसै छाड्न हुन्न भन्दै कराउँदै आएको र प्रहरीसँग कुरा गरेको उनले बताए। उनी आएपछि प्रहरीले आफूहरूलाई पनि भित्र जान नदिएको उमेश बताउँछन्।   दुवै पक्षबीच सहमति भइसकेपछि ‍राती साढे ९ भएपछि प्रहरीले श्रीकृष्णलाई तत्काल छाड्न नमिल्ने भन्यो। र आफूलाई भोलिपल्ट ९ बजे आउनू भनेर फर्काइदिएको उमेश बताउँछन्।   ुदाइलाई सातदोबाटो प्रहरी कार्यालयमा राखेको जानकारी आफन्तहरूलाई गराएपछि भोलिपल्ट ८ बजे हामी सातदोबाटो प्रहरी कार्यालय पुग्यौं,ु उमेशले भने, हामी पुग्दा प्रहरीले दाजुलाई खुर्कोट पठायौं भन्नुभयो।  त्यसपछि किशोरीलाई सम्पर्क गर्न खोजेपनि उनको फोन लागेन। आफन्तहरूसहित आफू त्यहीदिन गाउँ फर्किएको उनी बताउँछन्। 

खुर्कोट आएर बुझ्दा पो दाजुलाई बलात्कार आरोप लागेको थाहा भयो,ु उनले भने।  त्यसपछि आफूले किशोरीसँग पनि कुराकानी गरेको उनले बताए। त्यतिबेला दाजुलाई प्रहरीलाई नियन्त्रणमा लियो भन्दा उहाँ पनि छक्क पर्नुभो। ‍उहाँलाई दाइ छुट्नुभयो भनिएको रहेछ।  जिल्ला प्रहरी परिसर ललितपुरका एसपी मिश्रले जाहेरी अनुसार नै प्रक्रिया अगाडि बढाइएको बताए। नाबालिगले आफूमाथि बलात्कार भएको जाहेरी दिएपछि उसले विवाह गरेको हो कि होइन भनेर प्रहरीले हेर्दैन,ु उनले भने।  ुत्यसैले उनीमाथि कुटपिट भयो भन्ने हाम्रो धारणा हो। होइन भने झुण्डिएर मृत भेटिएको ठाउँको सिसिटिभी भिडओ सार्वजनिक गर् भन्ने हाम्रो माग हो,ु उनले भने।  उनका परिवारले शवको पोस्टमर्टम गर्न नमानेपछि जिल्ला प्रशासन कार्यालय सहायका प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको नेतृत्वमा छानबिन समिति बनाइएको छ।

पोखरा । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले सरकारले बल प्रयोग गरेर बस्ती हटाउन खोजे प्रतिवाद गर्ने चेतावनी दिएको छ।

बिहीबार दिउँसो शंखमुलस्थित एक कार्यालयमा बसेको मोर्चाको बैठकमा सरकारको सम्भावित कदमबारे छलफल गरिएको हो। मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार सञ्चारमाध्यममा बस्ती हटाउने तयारीबारे समाचार आएपछि आकस्मिक बैठक बसिएको हो। 

‘बैठकमा सुरुमा सरकारको निर्णय आधिकारिक हो वा होइन भन्ने विषयमा छलफल भयो,’ गुरुङले भने, ‘यदि निर्णय पुष्टि भयो र बल प्रयोग गरेर बस्ती उठाउने प्रयास गरियो भने हामी प्रतिरक्षाका लागि जे पनि गर्न तयार छौँ। जसरी पनि प्रतिरोध गर्छौँ।’ उता प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै आउँदो शनिबार र आइतबार सुकुमवासी बस्ती खाली गराउने निर्देशन दिएको बताइएको छ।

पोखरा, १० वैशाख — पर्यटकीय शहर Pokhara मा बढ्दो टोले गुण्डागर्दी र लागुऔषधको जालो नियन्त्रण गर्न कास्की प्रहरीले विशेष ‘स्वीप अपरेशन’ सञ्चालन गरेको छ। बुधबार राति ९ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म चलेको १० घण्टे अपरेशनमा १ सय २२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीको प्रत्यक्ष कमान्डमा करिब एक सय प्रहरी परिचालन गरी लेकसाइड, ड्यामसाइड, पृथ्वीचोक, रामबजार, लेखनाथ, काहुँडाँडा, महतगौंडालगायत संवेदनशील क्षेत्रमा छापा मारिएको थियो।

प्रहरीका अनुसार लेकसाइड–ड्यामसाइड क्षेत्रबाट सबैभन्दा धेरै ३५ जना, पृथ्वीचोक–रंगशालाबाट २०, रामबजार–एयरपोर्ट क्षेत्रबाट १५ तथा लेखनाथ क्षेत्रबाट १२ जना नियन्त्रणमा परेका छन्। अन्य शंकास्पद व्यक्तिहरूलाई लामाचौर, बाटुलेचौर, भेडाबारी, दिपाङ ताल क्षेत्र तथा माछापुच्छ्रे र अन्नपूर्ण क्षेत्रबाट समेत नियन्त्रणमा लिइएको छ।

प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार अपरेशन विशेषगरी लागुऔषध कारोबार, अभद्र गतिविधि र समाजमा त्रास फैलाउने समूह लक्षित थियो। पक्राउ परेकामध्ये धेरैजसो शंकास्पद गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।

नयाँ वर्ष २०८३ सुरु भएसँगै बढ्दो आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने रणनीतिअन्तर्गत यो अपरेशन गरिएको हो। यसअघि नयाँ वर्षकै दिन २२ जनालाई पक्राउ गरी १० जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको प्रहरीले जनाएको छ।

एसपी कार्कीले राजनीतिक दबाब वा पुरानो रेकर्डका आधारमा होइन, हालको सक्रियता र प्रमाणका आधारमा मात्र कारबाही भइरहेको स्पष्ट पारे। उनका अनुसार समाजमा आतंक सिर्जना गर्ने र लागुऔषधमार्फत युवालाई दलदलमा फसाउनेविरुद्ध अभियान जारी रहनेछ।

प्रहरीको यो ‘स्वीप अपरेशन’लाई पोखरामा पछिल्लो समयकै ठूलो सुरक्षा कारबाहीका रूपमा हेरिएको छ। स्थानीयले यसलाई अपराध नियन्त्रणतर्फ कडा सन्देश र सुरक्षा प्रत्याभूति दिने कदमका रूपमा लिएका छन्।

सत्त्वावजय चिकित्सा भनेको के हो?

सत्त्वावजयः- पुनरहितेभ्योऽर्थेभ्यो मनोनिग्रहः|| (चरक.सूत्र.११.५४)

“सत्त्व” भनेको मन वा मानसिक शक्ति हो, र “अवजय” भनेको नियन्त्रण गर्नु वा जित्नु भन्ने अर्थ दिन्छ । शरीरको स्वास्थ्यको लागि हानिकारक आहार-विहारबाट मनलाई रोक्नु नै सत्त्वावजय चिकित्सा हो। सत्त्वावजय चिकित्सा मनलाई नियन्त्रण र अनुशासित तुल्याई मानसिक सन्तुलन कायम गर्ने एउटा विशिष्ट आयुर्वेदिक उपचार पद्धति हो । यसले मुख्यतया नकारात्मक विचार, डर र तनावलाई हटाएर व्यक्तिको मानसिक शक्ति र सकारात्मकता बढाउनमा जोड दिन्छ । यस चिकित्सा अन्तर्गत मानसिक रोगहरूमा मनलाई नियन्त्रण गर्नको निमित्त ज्ञान-विज्ञान-धैर्य-स्मृति एवं समाधिद्वारा मनलाई एकाग्र गरिन्छ र अहितकर विषयबाट मनलाई हटाइन्छ। यस प्रक्रियामा ध्यान, योग र उचित परामर्शका माध्यमबाट व्यवहार परिवर्तन गरी चिन्ता तथा अनिद्रा जस्ता समस्याको समाधान गरिन्छ। औषधिको प्रयोग बिना नै आत्मबल र धैर्यता विकास गर्नु यस पद्धतिको मुख्य विशेषता हो। समग्रमा, यो विधिले मानिसलाई आफ्नो भावनाहरुमाथि विजय प्राप्त गरी स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्छ । त्यसैले, सत्त्वावजय चिकित्सा मनलाई नकारात्मक प्रभावहरुबाट हटाएर सकारात्मक, सन्तुलित अवस्थामा राख्ने चिकित्सा पद्धति हो ।

सत्त्वावजय चिकित्सामा सत्त्व, रज र तम गुणहरुको सम्बन्ध:

यसले मानसिक स्वास्थ्यमा कसरी काम गर्छ ?

सत्त्वावजय चिकित्सा मुख्यतः मनको अनुशासन र सुधारमा आधारित हुन्छ। सत्त्वावजय चिकित्सा आयुर्वेदमा वर्णन गरिएको एउटा यस्तो मानसिक उपचार विधि हो, जसले मनलाई नकारात्मक प्रभावहरुबाट हटाएर सकारात्मक र सन्तुलित अवस्थामा राख्न मद्दत गर्दछ। यस चिकित्साले मानसिक स्वास्थ्य सुधार गर्न निम्न मुख्य उपायहरु र विधिहरु अपनाउँछ:

सत्त्वावजय चिकित्सा र मानसिक स्वास्थ्यमा यसको प्रभाव

सत्त्वावजय चिकित्सा आयुर्वेदको एक महत्वपूर्ण मानसिक उपचार पद्धति हो, यसले मुख्यतया मनको अनुशासन, आत्मनियन्त्रण र नकारात्मक विचारहरुको नियन्त्रणमार्फत मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्दछ। यसले तनाव, चिन्ता, अनिद्रा र अवसाद जस्ता समस्याहरूमा प्रभावकारी रूपमा काम गर्छ।

१. तनाव र चिन्ता व्यवस्थापनमा भूमिका

सत्त्वावजय चिकित्साले मनलाई नकारात्मक संवेगहरुबाट टाढा राखी सकारात्मक र सन्तुलित अवस्थामा राख्न सहयोग गर्छ। यसले क्रोध, डर, चिन्ता र नकारात्मक सोचजस्ता तनाव बढाउने तत्वहरुलाई नियन्त्रण गर्न मद्दत गर्दछ। परिणामस्वरुप, व्यक्तिमा भावनात्मक स्थिरता कायम भई Anxiety, Depression & Phobia जस्ता समस्याहरुमा राहत मिल्छ।

२. सकारात्मक सोच र आत्मविश्वास विकास

यस पद्धतिले मनमा आउने नकारात्मक विचारहरुलाई हटाएर सकारात्मक सोच विकास गर्न प्रेरित गर्छ। यसले व्यक्तिको आत्मविश्वास, धैर्यता र मानसिक सहनशीलता बढाउँछ, जसले जीवनका चुनौतीहरु सामना गर्न सजिलो बनाउँछ।

३. ध्यान र योगको प्रयोग

सत्त्वावजय चिकित्सामा ध्यान (Meditation) र योगको महत्वपूर्ण भूमिका हुन्छ। यी अभ्यासहरुले मनलाई शान्त बनाउनुका साथै एकाग्रता बढाउँछन् र स्नायु प्रणालीलाई आराम दिन्छन्। विशेषगरी सुत्नु अघि ध्यान र योग अभ्यास गर्दा मस्तिष्क विश्रामको अवस्थामा पुगेर राम्रो निद्रा लिन सहयोग पुग्छ।

४. व्यवहार र जीवनशैली सुधार

यस उपचार पद्धतिले व्यक्तिको गलत बानीहरू सुधार्न र स्वस्थ जीवनशैली अपनाउन सिकाउँछ। नियमित दिनचर्या, सुत्ने-उठ्ने समयको अनुशासन र राम्रो आचरण विकास गर्न मद्दत गर्छ। यसलाई आधुनिक ‘Behavioral Therapy’ सँग तुलना गर्न सकिन्छ।

५. परामर्श र आत्मनियन्त्रण

सत्त्वावजय चिकित्सामा सकारात्मक परामर्श (Counseling) र आत्मनियन्त्रणका विधिहरू प्रयोग गरिन्छ। यसले व्यक्तिलाई मानसिक रूपमा बलियो बनाउँदै तनाव व्यवस्थापन गर्न सक्षम बनाउँछ। 

अनिद्रा (Insomnia) मा सत्त्वावजय चिकित्सा

सत्त्वावजय चिकित्साले मनलाई शान्त र सन्तुलित बनाएर अनिद्रा हटाउन सहयोग पुर्‍याउँछ।

अवसाद (Depression) मा प्रभावकारिता

सत्त्वावजय चिकित्सा अवसादका बिरामीहरूको लागि अत्यन्त उपयोगी मानिन्छ, किनभने यसले सिधै मनको अवस्था र भावनात्मक सन्तुलनमा काम गर्छ।

प्रयोग हुने विधिहरु

सत्त्वावजय चिकित्सामा आध्यात्मिक अभ्यासबाट मनलाई नियन्त्रण गर्ने र मानसिक स्वास्थ्य सुधार गर्ने एक प्रमुख विधिको रुपमा लिइन्छ । यसको भूमिकालाई निम्न अनुसार बुझ्न सकिन्छ:

सत्त्वावजय चिकित्सा अन्तर्गत गरिने सकारात्मक परामर्श (Counseling) ले बिरामीको आत्मविश्वास बढाउन मुख्यतया निम्न तरिकाले काम गर्छ:

 निष्कर्ष

यसले मन, सोच र व्यवहार सुधारमा ध्यान दिन्छ । सत्त्वावजय चिकित्सा मनलाई नियन्त्रण गरेर मानसिक सन्तुलन कायम गर्ने आयुर्वेदिय उत्तम विधि हो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।