२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

विदेशी युवतीलाई गर्भवती बनाएर माननीय बेपत्ता

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० का सांसद कृष्णकुमार कार्कीले एक विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको पाइएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित उनी नाइजेरियन महिलालाई गर्भवती बनाएर बेपत्ता भएका हुन् । गर्भवती अवस्थामा रहेकी २६ वर्षीया रिता अजुकोले आफूसँग खाने पैसासमेत नभएको गुनासो पोखेकी छन् । जनआस्थाले सार्बजनिक गरेको यो समाचारको आधारमा अजुकोले आफू गर्भवती भएको जानकारी पाएपछि कार्की सम्पर्कविहिन भएको बताइएकी छन । ठमेल बस्दै आएकी अजुको र कार्की लिभिङ्ग रिलेसनशीपमा थिए । उनका अनुसार आफ्नो चाहना नहुँदाहुँदै पनि कार्कीले शारीरिक सम्बन्ध राखेका हुन् । गर्भवती भएको थाहा पाएपछि अजुकोले गर्भपतन गर्ने बताएकी थिइन् । तर,कार्कीले त्यसो गर्न दिएनन् । त्यसपछि उनले ‘यस्तो कुरा नगर,मलाई रुन मन लाग्छ’ लगायतका म्यासेज पठाएर र इमोशनल्ली ब्ल्याककमेल गरेर गर्भ फाल्नबाट रोके । आफू बुवा बन्न लागेको थाहा पाएर धेरै खुशी भएकोलगायत उनले लेखेको म्यासेजहरु जनआस्थाले फेला पारेको छ । कार्कीले अजुकोलाई आफ्नो ढाडमा बोकेर हिँडेको,ड्राइभिङ सिकाएकोलगायतका भिडियोहरु पनि भेटिएको छ । उनले अजुकोलाई ‘माई वाइफ,माई लाइफ’,‘माई लभ’ लेखेको म्यासेजहरु पनि छन् । अस्पतालमा पतिको नाम कृष्ण कार्की नै लेखिएको छ । आफ्नी श्रीमती भन्ने उनी अजुकोको पेट बढ्दै गएपछि टाढिए । फोन उठाउन र म्यासेजहरुको रिप्लाई गर्न छोडे । त्यसपछि अजुकोले नेपालमा भएको साथीलाई सम्पर्क गरिन् । पहिले आफूलाई बच्चा राख भनेको र जिम्मेवारी लिने समय आएपछि भागेको उनको आरोप छ । उनले अजुकोलाई ‘माई वाइफ,माई लाइफ’,‘माई लभ’ लेखेको म्यासेजहरु पनि छन् । आफ्नी श्रीमती भन्ने उनी अजुकोको पेट बढ्दै गएपछि टाढिए ।डेलिभरी हुने दिन नजिकिएपछि अजुको तनावमा छिन् । आफ्नो सन्तानलाई कसरी पाल्ने भन्ने चिन्ताले उनलाई सताएको छ । क्षेत्रपाटी फ्रि क्लिनिकमा उपचार गराइरहेकी उनले आफ्नो र बच्चाको पालनपोषण कार्कीले गर्नुपर्ने बताएकी छिन् । यसबारे जनआस्थाले सांसद कार्कीको प्रतिक्रिया लिएको थियो । तर,उनी आफू बैठकमा भएको भन्दै पन्छिए । भने,‘म मिटिङ्गमा छु । अहिले कुरा गर्न मिल्दैन ।’ कार्की तिनै व्यक्ति हुन्,जो भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा सिंहदरबार जलाउन गएका थिए । रतुवामाई नगरपालिकाका उनले सुरक्षाकर्मीको हतियार खोसेर सिंहदरबारअगाडि अर्धनग्न प्रदर्शन गरेको तस्बिर र भिडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल छ । देशको ऐतिहासिक धरोहर जलाउन गएको व्यक्तिलाई माननीय बनाएको भन्दै रास्वपाको चर्को आलोचना पनि भएको थियो । उनी गुण्डा नाइके दिनेश अधिकारी ९चरी० को ग्याङ्गमा थिए । प्रहरीको इन्काउन्टरमा अधिकारी मारिएपछि जापान भास्सिए । लामो समय जापान बसेर नेपाल फर्किएका उनी प्रदर्शनमा सिंहदरबार जलाउन पुगे । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाबाट टिकट पाए र जिते । अहिले फेरि विवादमा तानिएका छन् ।सँसद बैठक बसिरहेको छ,रास्वपाले माननीयहरुलाई होटल र स्टाफ कलेजमा भेला गरेर अनुशासनको तालिम पनि दिइरहेकै छ । यस्तोमा पुराना सबै खराब,हामी मात्रै ठीक भनी जनतामा आशा जगाएका नयाँ भनिनेहरु नै यतिसम्म गलत धन्दामा लाग्दा सभामुख,सभापति,प्रधानमन्त्री र मतदातालाई कस्तो लाग्दो हो

सिफारिस

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।