यो देश पैसाको आडमा लुट, बन्दुकको आडमा बुट र कानुनको आडमा फुट गराउने देश बन्यो । केही रकम कमाएपछि उनिहरु महान समाजसेवी हुने नेपालको पुरानो परम्परा बनीसकेको छ । कसरी कमायो? होईन कती कमायो भन्ने भाष्य बनेको समाजमा व्यापारीहरु समाजसेवी बन्ने कुरा सामान्य हो । यस्तै सामान्य व्यापार बाट अरबौको खेलमा पुगेको व्यापारी आनन्दराज बतासको राज पोखरा र आसपास मात्र होईन देशकै शक्ति केन्द्रमा पनि चलेको सबैलाई अबगत छ । व्यापारीहरुको नयाँ काईदा भनेको केही रकम सहयोग दिने र महान समाजसेवी बन्ने हो । यसै समाजसेवाको नाममा स्वास्थय व्यापारको कार्ड फालेको बतास फाउन्डेसनले पोखरामा कोरोनाको कहरको बेला मौकामा चौका हानेको तथ्य भेटिएको छ । अध्यक्ष आनन्दराज बतास , कोषाध्यक्षमा अटोवैज प्रा लिका अध्यक्ष नारायण पौडेल रहेका थिए रहेको एक तदर्थ समितिको सदस्यहरुमा किरण केसि (केसी ग्रुप) पोखरा उध्योग बाणिज्य संघका पुर्व अध्यक्ष विश्व शङ्कर पालिखे , सुपर मादी हाइड्रो प्रालिका अध्यक्ष पुष्पज्योती ढुङ्गाना , सेलवैज डिपार्टमेन्टका अध्यक्ष शुसिलमान प्रधानाङ्ग , र सन्चारकर्मी दिपेन्द्र श्रेस्ठ रहेका थिए ।

यो समितिले गन्डकी अस्पतालमा राखी सेवा दिने गरि अक्सिजन प्लान्ट खरिद गर्ने भन्दै आर्थिक सहयोग सङ्कलन गरेका थिए । सङ्कलन पुर्व फाउन्डेसनको सबैभन्दा ठूलो बीउ रकम सहयोग बातास ग्रुपबाट प्राप्त भएको उल्लेख छ । ग्रुपले ४१ लाख ३४ हजार रुपैयाँ र बतास अर्गनाइजेसनले थप गरि ५५ लाख योगदान गरेको उल्लेख छ, जसले समग्र सहयोग संकलनमा सबैभन्दा अग्रणी स्थान हो । बतास फाउन्डेसनले अक्सिजन प्लान्टको लागि रकम उठाउदा देश बिदेशबाट सहयोग गर्ने दाताहरुले यस विषयमा चासो राखी यथार्थ कुरो बाहिर ल्याउन अनुरोध गरेपछि सुचननको हक संबन्धी अभियन्ता तथा पत्रकार यदुनाथ बन्जरा सहितको टोलीले सुचनाको हक प्रयोग गरि फाउन्डेसन सङ्ग लिखित पत्राचार गरि प्राप्त लिखित तथ्यलाइ समेटी यो रिपोर्ट बनाएका छौ । बतास फाउन्डेसनले अक्सिजन प्लान्ट खरिद प्रयोजनको लागि को बाट कति रकम उठायो रु प्लान्टको खरिद र आयात मूल्य कति भयो अक्सिजन प्लान्टको हालको अवस्था के छ लगायतका सूचना माग गरि पत्राचार गरेकोमा म्याद भित्रै लिखित विवरण सहित सुचना प्राप्त भएको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत संकलित सहयोग रकमको पारदर्शिता सुनिश्चित गर्न एक संस्थाले ५० हजार रुपैयाँभन्दा बढी योगदान गर्ने दाताहरूको विस्तृत विवरण सार्वजनिक गरेको दावी गरेको छ । हामिलाइ उपलब्ध सहयोगदाताको सूचीले विभिन्न व्यवसायिक घराना, बैंकिङ क्षेत्र, संघसंस्था तथा व्यक्तिगत तहबाट उल्लेखनीय आर्थिक सहयोग जुटेको देखाएको छ। बतास फाउन्डेसन पछि अग्नि इन्कर्पोरेशन प्रालि, देव बहादुर ज्वार्चनसँग सम्बन्धित क्वालिटी एग्रिगेट माइनिङ प्रालि तथा केसी ग्रुपका किरण केसीले समान २५–२५ लाख रुपैयाँ सहयोग गरेको खुलेको छ । सुपर मादी हाइड्रो प्रालि र सेलवेज डिपार्टमेन्टल स्टोर प्रालिले २०–२० लाख रुपैयाँ योगदान गरेका छन्। १० लाख रुपैयाँ बराबर सहयोग गर्नेमा अटोवेज प्रालि, तमु धी यूके र लक्ष्मी बैंक रहेका छन् भने क्वालिटी माइनिङ उद्योग प्रालिले ९ लाख रुपैयाँ सहयोग गरेको छ। यस्तै द युनाइटेड गोल्ड प्रालि, बतास ट्र्याक्टर्स प्रालि, रबिन्द्र प्रधान तथा ग्लोबल आईएमई बैंकले ५–५ लाख रुपैयाँ योगदान गरेका छन्।
सूचीमा बैंकिङ तथा वित्तीय संस्थाहरूको समेत सक्रिय सहभागिता देखिन्छ। माछापुच्छ्रे बैंकले करिब ५ लाख रुपैयाँ सहयोग गरेको छ। यस्तै विभिन्न संस्थागत तथा व्यक्तिगत सहयोगदाताले ३ लाखदेखि १ लाख रुपैयाँसम्मको योगदान गरेका छन्। विदेशमा रहेका नेपाली समुदायबाट पनि उल्लेखनीय सहयोग आएको छ। नेपाली समाज अझ खास गरि पोखरामा सामाजिक सहयोग संस्कृतिको विकास हुँदै गएको यो एउटा नमुना हो । व्यक्तिगतदेखि संस्थागत तहसम्मको सहभागिता बढ्दै गएको यस घटनाले स्पष्ट संकेत गरेको छ। आगामी दिनमा यस्ता अभियानले अझ व्यापक रूप लिने विश्वास गरिएको छ तर सङ्कलित रकमबाट लक्षित समूह लाभग्राही भएकी भएनन भन्ने कुरा मुख्य हुनेछ । झन्डै साढे ३ करोड चन्दा उठाएर ल्याइएको अक्सिजन प्लान्ट पोखराको लागि “लगन सकिएपछी ल्याइएको पोते” जस्तै अर्थहिन हुनपुगेको छ । अक्सिजन प्लान्ट ढिला ल्याइएको र पोखरामा उपयोग हुन नसकेको प्रती दाताहरुले असन्तुष्टि जनाएका छन । ढुवानी कार्गो समस्या , उक्रेन रुसको लडाइका कारण ढिलाइ भएको भन्दै बतास फाउन्डेसनले माफी मागेको छ । २०७७ को सुरुबाटै चन्दा सङ्कलन आरम्भ गरिएको भएपनी फाउन्डेसनले २०७८ जेष्ठमा मेडिअक्सी नामको आपूर्तिकर्ता कम्पनी मार्फत फ्रान्समा अक्सिजन प्लान्ट खरिद गरेको र बैशाखमै मेडिअक्सी कम्पनिलाइ ३ करोड ७ लाख रुपैया चेक मार्फत भुक्तानी गरेको देखिन्छ तर हामिलाइ दिएको सुचनामा ३ करोड ४५ लाख भुक्तानी भएको दावी गरिएको छ । मिति २०७८ जेष्ठमा खरिद भएको प्लान्ट र फिलर २०७९ कार्तिकमा मात्र ९ झन्डै डेढ बर्ष पछि ० पोखरा आइपुगेको थियो । त्यति खेर सम्म पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अरु संघ सस्थाले ३ वटा अक्सिजन प्लान्ट सहयोग दिई सन्चालनमा आइसकेको थियो ।अब बिषय के छ भने त्यो अक्सीजन ल्लान्ट केहाँ छ ? अहिले त्यसको हालत के छ ? भन्ने हो । बतास फाउन्डेसनले चन्दा उठाएर किनेको अक्सिजन प्लान्ट गन्डकी अस्पतालमा आइपुग्न झन्डै दुई बर्ष लाग्यो । यो अबधिमा गन्डकी अस्पतालले ३ वटा अक्सिजन प्लान्ट सहयोग पाइसकेको थियो । बतास फाउन्डेसनले ल्याएको प्लान्ट आवश्यक नरहेको भन्दै पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानले बुझ्न मानेन । आवश्यक नरहेको पत्र दियो प्रतिस्ठानले । बतास फाउन्डेसनले दुई बर्ष ढिलो गरि ल्याइएको ३ वटा मध्य एउटा अक्सिजन प्लान्ट वालिङको गर्हौ प्राथमिक अस्पताललाई २०८० पुस महिनामा दिइयो । फाउन्डेसनले २ बर्ष ४ महिना अघि दिइएको प्लान्ट उक्त अस्पतालले अझै सन्चालनमा ल्याइएको छैन। गर्हौ प्राथमिक अस्पतालका सुचना अधिकारी दुर्गा प्रसाद भन्डारीका अनुसार जडान गर्ने स्थान अभाव भएका कारण अक्सिजन प्लान्ट बाकस भित्रै थन्केर बसेको छ । अझै कहिले चल्छ कुनै निस्चित नभएको भन्डारीले बताए । करिब १ करोड मुल्यको दैनिक ५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट वालिङमा पनि उपयोगमा आउन सकेको छैन । यसले दाताहरुले दिएको सहयोग मुल्यहिन जस्तै हुन पुगेको छ । यसैगरि एउटा अक्सिजन प्लान्ट काठमान्डू ईन्स्टिच्युट अफ चाइल्ड हेल्थ बुढानिलकन्ठमा पठाइएको छ । डाक्टर भगवान कोइराला अध्यक्ष रहेको उक्त अस्पतालमा केही महिना अघि मात्र पठाइएको छ । २५ मार्च २०२६ मा चाइल्ड हेल्थ हस्पिटलले अक्सिजन प्लान्ट सहयोग गरेकोमा बतास फाउन्डेसनलाई धन्यवाद पत्र दिएको पाइएको छ । एउटा अक्सिजन प्लान्ट धुलिखेल अस्पताल काभ्रे पठाइएको छ । २०२६ मार्च ९ २०८२ फागुन० मा धुलिखेल पठाइएको बतास फाउन्डेसनले जनाएको छ । बतास फाउन्डेसनले समिती नै बनाएर पोखरेली नागरिकको स्वास्थ्यमा प्राथमिकता दिन गरेको सामाजिक अभियान अन्तत असफल सावित भएको छ । स्वदेश तथा बिदेशमा रहेका पोखरेली नागरिक र ब्यापारिक प्रतिष्ठानले दिएको चन्दा सहयोगको लाभ पोखरेलिले पाएका छैनन । काम गर्दा समय र परिस्थिति आङ्कलन गर्न नसक्दा त्यसले लक्षित समुहलाइ लाभ पुर्याउन सक्दैन भन्ने यो एउटा उदाहरण हो । देश तथा बिदेशमा रहने पोखरेलिहरुले उठाएको चासो र खोजेको सुचना पस्कनु हाम्रो पेशागत धर्म हो । अब सहयोग उठाउने योजना अघि सार्दा टाइमलाइनको पनि ख्याल गर्न पर्ने शन्देश दिएको छ समयमा प्लान्ट ल्याउन नसक्दा पोखरेलिले दिएको सहयोग लक्षित समुदाय सम्म पुग्न सकेन बतास फाउन्डेसनले ल्याएको अक्सिजन प्लान्ट पोखरेलिको लागि उपयोगी हुन सकेन भने वालिङ अस्पतालमा दिइएको प्लान्ट अझै उपयोगमा ल्याइएको छैन ।
















