गण्डकी विश्वविद्यालयले रजिस्ट्रार नियुक्तिका दर्खास्त दिएका उम्मेदवारको नामावली प्रकाशन गरेको छ । विश्वविद्यालयले वैशाख १७ गते बिहीबार सूचना जारी गर्दै ११ जना उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । गत चैत २६ गते रजिस्ट्रार नियुक्तिका लागि दरखास्त आह्वान गरिएको थियो । सोहीअनुसार परेका दरखास्तमध्येबाट ११ जना उम्मेदवारको नाम प्रकाशित गरिएको हो । प्रकाशित नामावलीमा डा दामोदर त्रिपाठी पोखरा २५, डा ढाकाराम भण्डारी पोखरा २३, ई राजेश कमर पोखरा १३, डा रामजी शर्मा ,पोखरा १४, झपिन्द्र अधिकारी पोखरा ०७, राजेशकुमार ठकुराठी पोखरा १४, कृष्ण शर्मा तिमिल्सिना पोखरा १०, डा सन्तोष कोइराला पोखरा १०,डा श्रीकान्त शर्मा खतिवडा पोखरा ८, डा राजकुमार थापा , पोखरा ३० र विमला भट्ट पोखरा ३० छन् ।
















